काठमाडौँ- मोरङ जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा दुई जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मोरङको केरावारी गाउँपालिका८ निवासी ६७ वर्षीय पर्शुराम न्यौपाने, धरधरे सामुदायिक वनको भीरमा आइतबार मृत अवस्थामा भेटिएका छन्।
मोरङ बेलबारी नगरपालिका ८ गिरी गाउँमा बस्ने भक्तबहादुर ओझाको घरमा काम गर्ने, मोरङ मंगलबारेका ५६ वर्षीय डुम्का राजवंशी सोही घरमा मृत फेला परेका छन्।
दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया