प्रेमिकाले धोका दिएको भन्दै प्रेमिले आफ्नै शरीरमा लगाए आगो


काठमाडौँ- मोरङको उर्लाबारी नगरपालिका ६ मा एक पुरुषले प्रेमिकाले धोका दिएको आरोप लगाउँदै आफ्नै शरीरमा आगो लगाएका छन्। झापाको दमक नगरपालिका ७ का ४० वर्षीय विनोद थापाले पेट्रोल छर्केर आगो लगाएको मोरङ जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्।

घटना उर्लाबारी नगरपालिका ६ स्थित अन्नपूर्ण खाजा घर मा भएको हो, जुन झापाको दमक नगरपालिका(३ निवासी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गर्दै आएकी थिइन्। विनोद थापाले इन्द्रले धोका दिएको आरोप लगाएका छन्। घटनापछि विनोदलाई गम्भीर अवस्थामा उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको छ।

प्रहरीले इन्द्र लिम्बुसँग सोधपुछ गरेर उनलाई परिवारको जिम्मा लगाएको छ। दुवै पक्ष विवाहित रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।