प्रशिक्षार्थी डाक्टरको बलात्कार अनि हत्या प्रकरणका दोषीलाई सोमबार सजाय सुनाइँदै


काठमाडौँ- पश्चिम बङ्गालको राजधानी कोलकाताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार अनि हत्या प्रकरणका दोषीलाई सोमबार सजाय सुनाइँदैछ । कोलकाताको एक अदालतले आज दिउँसो अस्पतालकी महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सजाय सुनाउने भएको हो ।

रोयलाई जुन धाराहरू अन्तर्गत दोषी ठहराइएको छ, त्यस अन्तर्गत उनलाई न्यूनतम पनि आजीवन कारावासको सजाय हुन सक्नेछ । अधिकतम सजाय भने मृत्युदण्ड हुन सक्नेछ । सियालदह अदालतका अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश अनिर्बान दासले शनिवार सञ्जय रोयलाई गत वर्ष अगस्ट ९ मा अस्पतालमा स्नातकोत्तर प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरेका थिए ।

यो जघन्य अपराधले भारतभर आक्रोश उत्पन्न भएको थियो भने लामो समयसम्म विरोध प्रदर्शन भएको थियो ।