काठमाडौँ- टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरू गरेको छ। यसअघि, अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनलाई समर्थन गरेपछि एपले आफ्नो सेवा बन्द गरेको थियो। तर, राष्ट्रपति(निर्वाचित डोनाल्ड ट्रम्पले प्रतिबन्धलाई स्थगित गर्ने आश्वासन दिएपछि टिकटकले पुनः सेवा सुरू गरेको हो।
टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ूतपाईंको धैर्यका लागि धन्यवाद। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ।ू
यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टा अघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो।
प्रतिक्रिया