इजरायल–हमास युद्धविराममा आफन्त पुनर्मिलन


काठमाडौँ इजरायल र हमासबीचको १५ महिना लामो युद्ध अन्त्य गर्न सन् २०२५ जनवरी १५ मा भएको युद्धविराम सम्झौता कार्यान्वयनमा आइसकेको छ। युद्धविरामपछि दुवै पक्षले बन्धकको रिहाइ सुरु गरेका छन्।

इजरायलले ९० जना प्यालेस्टिनीलाई रिहा गरेको छ। हमासले आइतबार तीन जना इजरायली महिलालाई बन्धक मुक्त गरेको छ। रिहाइपछि आफ्नो आफन्तसँग पुनर्मिलन गर्ने भावुक दृश्य सार्वजनिक भएका छन्।

हमासले मुक्त गरेकी रोमी आफ्नी आमासँग

हरेक दिन १ इजरायली बन्धकको बदलामा ३३ प्यालेस्टिनीलाई रिहा गर्ने। एक महिला सैनिकको बदलामा ५० प्यालेस्टिनीलाई रिहा गरिने। युद्धविराम अवधिमा कूल १ हजार भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा हुनेछन्।
गाजा क्षेत्रबाट विस्थापित भएका मानिसहरू घर फर्किरहेका छन्। धेरैका घरहरू क्षतिग्रस्त भएका छन्, र पुनर्निर्माणका लागि कठिन समय छ।

हमासले इजरायली भूमिमा छिरेर आक्रमण गर्दा १० नेपालीसहित १,२०० जनाको मृत्यु। २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो। गाजा क्षेत्रमा इजरायलको आक्रमणले ४७ हजार भन्दा बढी मानिसको ज्यान लियो भने लाखौँ विस्थापित भए।

युद्धविराम गराउन अतार, इजिप्ट, र अमेरिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। सम्झौता तीन चरणमा कार्यान्वयन हुनेछ।