काठमाडौँ- दक्षिणी चीनमा रङ्गशाला बाहिर अभ्यास गरिरहेका मानिसहरूको भीडमा कार चलाएर दर्जनौँ मानिसको ज्यान लिने फान वेइकिउलाई मृत्युदण्ड दिइएको छ।
२०२४, नोभेम्बर ११ का दिन ६२ वर्षीय फान वेइकिउले कार चलाउँदै भीडमा जानाजानी ठोक्काउँदा कम्तीमा ३५ जनाको मृत्यु र्भएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए। फानले अदालतमा स्वीकारेका छन् कि श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँडको मुद्दामा चित्त नबुझेको झोकमा उनले घटना गराएका थिए।
फानलाई चीनको अदालतले मृत्युदण्डको सजाय सुनायो। एक महिनाभित्रै सोमबार उनलाई फाँसी दिइयो। यो घटना चीनमा एक दशकयताकै सबैभन्दा भयानक दुर्घटना मानिएको छ। २०२४ मा अपरिचित मानिसहरूलाई लक्षित गरेर भएका १९ आक्रमणमध्ये यो एक थियो।
प्रतिक्रिया