५० लाख धरौटीमा पूर्वडीआईजी छविलाल जोशी रिहा


काठमाडौँ– स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा।

आरोप छविलाल जोशीलाई स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा अदालतमा प्रस्तुत गरिएको थियो। सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन्।
धरौटी बुझाएर जोशी रिहा भएका छन्। वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ता अपूर्वक खतिवडा, र रोचक रेग्मीले बहस गरेका थिए।


५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी, र दिनेश त्रिपाठीले बहस गरेका थिए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई पनि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा ६० लाख धरौटी बुझाएर रिहा गरिएको थियो।