निर्माणाधीन घरबाट लडेर मजदुरको मृत्यु


काठमाडौँ- दाङको तुलसीपुरमा २ तले निर्माणाधीन भवनबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–४, बनहरीमा काम गर्ने क्रममा २८ वर्षीय सन्तोष चौधरी सोमबार बेलुकी पौने ५ बजे लडेर घाईते भएका थिए ।

चौधरी बनहरी निवासी सुभान पुनको निर्माणाधीन पक्की घरमा मिस्त्रीको काम गर्दै थिए। काम गर्ने क्रममा घरबाट लडेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा पुर्‍याइएको थियो। उपचारका क्रममा बेलुकी ६ बजे चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले पुष्टि गरेको छ।

मंगलबार चौधरीको शव पोष्टमार्टमपछि परिवारजनले बुझेका छन्।