काठमाडौँ- अमेरिकामा एक बिरामीको एक्स–रे सार्वजनिक गरिएको छ, जसले चिकित्सा क्षेत्रलाई चकित पारेको छ। फित्ते जुका (टेपवर्म) का सयौँ अण्डाले बिरामीको शरीरको तल्लो भाग ढाकेको एक्स–रे देखिएको छ। फित्ते जुका सामान्यतः मानिसको आन्द्रामा टाँसिएर शरीरका पौष्टिक तत्त्व सोस्ने काम गर्छ। यसका अण्डा शरीरका विभिन्न भाग, जस्तै खुट्टादेखि मस्तिष्कसम्म यात्रा गर्न सक्छन्।
समयसँगै यी अण्डा क्याल्सिफाई (कठोर) हुन्छन्। मांशपेसी वा बोसोमा टाँसिएर बसेका अण्डाहरू प्रायः हानिकारक हुँदैनन्। तर, यदि यी अण्डा मस्तिष्कमा पुगेर क्याल्सिफाई भए, यसले न्यूरो–सिस्टिसेरकोसिस नामक गम्भीर अवस्था निम्त्याउन सक्छ।
बिरामी कडा कम्मर दुखाइ का कारण अस्पताल पुगेका थिए । एक्स–रे गर्दा शरीरको तल्लो भागमा क्याल्सिफाई भएका फित्ते जुकाका अण्डाहरू देखिए। चिकित्सक डाक्टर साम घाली, कार्डियो भास्कुलर इमर्जेन्सी र रेडियोलोजी विशेषज्ञले यो जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
चिकित्सकले राम्रोसँग नपाकेको माछा वा सुँगुरको मासु सेवन नगर्नु भनेर सुझाव दिएका छन् ।
प्रतिक्रिया