तिलोत्तमाको गोरकट्टामा बसको ठक्करबाट युवकको मृत्यु


काठमाडौँ- तिलोत्तमाको गोरकट्टामा बसको ठक्करबाट स्कुटी चालक माधव गौतमको मृत्यु भएको छ। तिलोत्तमाको मणिग्राम चोकदेखि पश्चिम गोरकट्टा सोलार कम्पनी नजिक बसको ठक्करबाट एकजना स्थानिय युवाको मृत्यु भएको हो ।

मणिग्राम चोकदेखि पश्चिम गोरकट्टा सोलार कम्पनी नजिक स्कुटी चालक माधव गौतमलाई तिब्र गतिमा आएको बसले ठक्कर दिएको हो।गौतमको स्कुटीको नम्बर लु ९० प ४२०० थियो। ठक्करपछि गौतम बेहोस भएका थिए र उनलाई तत्काल स्थानीय अस्पतालमा पुर्याइएको थियो। अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भएको हो।

बसको चालक र गाडी लु २ ख २४ को नियन्त्रण इलाका प्रहरी कार्यालय बुटवलमा रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।