नाइजेरियन नागरिक ८ घण्टा पछि पक्राउ


काठमाडौँ- सिन्धुलीबाट फरार भएका नाइजेरियन नागरिक ८ घण्टा पछि पक्राउ गरिएको छ।

पक्राउ परेका नाइजेरियन नागरिकको नाम वलुवासोगो ग्लोरी ओडे रहेको छ, जो अध्यागमन विभागको नियन्त्रणमा थिए। उनी भोजपुरको पौवादुम्मा गाउँपालिका ३ बाट काठमाडौ ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोटस्थित शौचालय जान भन्दै फरार भएका थिए।

८ घण्टा अघि उनी ६ बजे खुर्कोटबाट फरार भए । फरार भएपछि घेराबन्दी (कर्डन एण्ड सर्च) गरेर प्रहरी सक्रियतामा उनी २ बजे गढि प्रहरी चौक नजिक फेला परेका थिए। ८ घण्टापछि उनी बिपि राजमार्गको गोलन्जोर गाउपालिका ६ बारामा इभि गाडीमा सर्लाही जाने क्रममा फेला परे। पक्राउ गरेपछि उनलाई अधिकार प्राप्त विभाग अर्थात् अध्यागमन विभागलाई बुझाइएको जानकारी प्राप्त भएको छ।