घट्यो सुन चाँदीको मूल्य


काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार यो मूल्य तोलामा १ लाख ६० हजार थियो। यस्तै, चाँदीको मूल्य पनि घटेर बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ पुगेको छ, जुन बुधबार १ हजार ८९५ रुपैयाँ थियो।