साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको बढ्यो मूल्य


काठमाडौँ- साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ भने बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले बताए ।