सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय


१७ माघ, काठमाडौं ।  विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा  बसेको प्रतिपक्ष दलका नेताहरूको बैठकले सरकारले गलत नियत राखेर ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरू हुँदै छ। भोलि नै अध्यादेश संसद्मा पेश गर्ने सरकारको तयारी छ । संसद्को अघिवेशनमा विपक्षी दलले जनताको सरोकारहरुलाई सशक्त ढंगले उठाउने भएको छ ।