जुन सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। उनले सुवेदीमाथि निरन्तर आफूविरुद्ध नकारात्मक टिप्पणी गर्ने आरोप लगाउँदै लेखेकी छन्, “प्रकाश सुवेदी दाइले जहिले पनि मलाई आलोचना मात्र गर्नुहुन्छ। पत्रकारले हेपेको कलाकार नै दरो हुने रहेछ।”
आफ्नो धारणा प्रस्ट पार्दै, उनले थपिन्, “कुकुरहरू झुन्डमा आउँछन्, सिंह एक्लै।”
हालै, एक टेलिभिजन कार्यक्रममा सुवेदीले ज्योतिलाई सामाजिक सञ्जालमा लेख्दा विचार गर्न सुझाव दिएका थिए। उनले गायिका समीक्षा अधिकारीमाथि ज्योतिले गरेको टिप्पणीको आलोचना गर्दै भनेका थिए, “बरिष्ठ गायिकाले कनिष्ठलाई माथि तान्नुपर्ने हो, तर उल्टै गाली गरिन।” साथै, उनले समीक्षाको स्वरको तारिफ गर्दै थपे, “उनको स्वरमा जादू छ, गायन क्षमताका हिसाबले उनको कद उच्च छ।”
प्रतिक्रिया