आइतबारको राष्ट्रिय सभा बैठकमा भाग लिन गएका सांसद नारायणदत्त भट्टको स्वास्थ्यमा एक्कासि समस्या देखा परेको छ। बैठकको दौरान शून्य समय चल्दै गर्दा भट्टलाई चक्कर लागेको थियो।
कांग्रेसका सांसद किरणबाबु श्रेष्ठ लगायतले उनलाई चक्कर लागेपछि डोहोर्याएर बैठक कक्षबाट बाहिर लगेका थिए। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमै भट्टको स्वास्थ्य अवस्थाबारे सोधखोज गरेका छन्।
स्वास्थ्य समस्यामा परेका भट्टको सट्टामा कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटालाई बोल्न समय दिइएको छ। भट्टलाई संघीय संसद भवनको परिपरमा उपचार गराइएको छ।
प्रतिक्रिया