सरकारले सामाजिक सञ्जाल सम्बन्धी नयाँ नियम लागू गरेपछि चौतर्फी विरोध सुरु


सरकारले सामाजिक सञ्जाल सम्बन्धी नयाँ नियम लागू गरेपछि चौतर्फी विरोध सुरु भएको छ। नेपालमा दर्ता नगरिए Facebook, Instagram जस्ता प्लेटफर्म बन्द गर्ने चेतावनीसँगै सरकारको कदमप्रति असन्तुष्टि बढेको देखिन्छ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले आफ्नो सामाजिक सञ्जालमा पुरानो गीत शेयर गर्दै अप्रत्यक्ष रूपमा सरकारको निर्णयप्रति असहमति जनाएका छन्।

गीतका शब्दहरूले प्रष्ट सन्देश दिन्छन्:
“मलाई बोल्न दे सरकार, अपराध हैन,
मन खोल्न दे, दरबारको म सराप हैन।
मन खराब छैन, सही बोल्न डराउँदैन,
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा।”