अनलाइन टिभी पत्रकार सङ्घ दुवारा आयोजित ‘सामाजिक सञ्जाल ऐन २०८१’ माथि बृहत छलफल कार्यक्रम l


माघ ,२३ काठमाडौं l अनलाइन टिभी पत्रकार सङ्घको स्थापना दिवसको अवसरमा ‘सामाजिक सञ्जाल ऐन २०८१’ माथिको बृहत छलफल कार्यक्रम उपलब्धिमूलक र भव्य तरिकाले सम्पन्न भएको छ।

कार्यक्रममा आतिथ्यता गरिदिनुभएका सांसदहरू रामहरी खतिवडा, योगेश भट्टराई, शिशिर खनाल र लेखनाथ दाहाल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सहयात्री साथीहरू र सहभागी साथीहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।

विधेयक आवश्यक छ, तर कतिपय व्यवस्था अति खतरनाक छ। त्यसैले यसलाई संशोधनका लागि संघले आजदेखि नै आन्दोलनका कार्यक्रम घोषणा गरेकाले यहाँहरूको पूर्ण साथ, सहयोग र सक्रियताका लागि आह्वान गर्दछु।