नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। मंगलबारदेखि लगातार बढ्दै आएको सुनको मूल्यले बिहीबार पनि यस क्रममा वृद्धि देखाएको हो।
मंगलबार सुनको भाउ प्रतितोला एक हजार नौ सय रूपैयाँ, बुधबार दुई हजार दुई सय रूपैयाँ र बिहीबार एक हजार छ सय रूपैयाँ बढेको छ। यसरी, तीन दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा दुई हजार रुपैयाँ बढेको हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको थियो भने बिहीबार यसको मूल्य एक हजार नौ सय ८० रूपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा पाँच रूपैयाँ बढी हो। अन्तर्राष्ट्रिय बजारमा, आज सुनको मूल्य प्रतिऔंस २८ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया