काठमाडौँ – झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ का ३० वर्षीय सागर बेस्ना रहेका छन्।
बेस्ना आफ्नी केटी, २३ वर्षीया मुना विकसँग मिलेर सुनसरीको कनकाई नगरपालिकामा बस्दै होटलमा गएका थिए। गएराति खाना खाएर सुतेका उनले शौचालयको ढोकामा लडेपछि बेहोस भए। उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि पुर्याइएपनि ज्यान बचाउन सकिएको थिएन।
घटनाबारे अनुसन्धान गर्दै प्रहरीले मुना विक र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन्।
प्रतिक्रिया