सुनको भाउ बड्दा, घट्यो चाँदिको भाउ


आइतबार -आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रति तोला एक सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको एक लाख ६८ हजार एक सय रूपैयाँभन्दा एक सय रूपैयाँ बढी हो।

त्यसै गरी, चाँदीको मूल्यमा गिरावट आएको छ। आज चाँदीको मूल्य प्रति तोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको एक हजार आठ सय ८५ रूपैयाँभन्दा २५ रूपैयाँ कम हो।