काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना, २५ जना घाइतेू


काठमाडौँ- काठमाडौँको दक्षिणकालीमा आइतबार अपराह्न स्कुल बस दुर्घटना भएको छ। दक्षिणकाली नगरपालिकाको भन्ज्याङमा भएको यस दुर्घटनामा जुनकिरी स्कुलको बस थियो र बसमा सवार २५ जना घाइते भएका छन्।

दुर्घटनामा परेको बसको उद्धार कार्य अहिले घटनास्थलमा प्रहरी टोलीले चलाइरहेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

घटनामा घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइने प्रक्रिया भइरहेको बताइएको छ।