ट्राफिक प्रहरीले २० हराएका सवारी साधन सम्बन्धित धनीलाई गर्यो हस्तान्तरण


काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन ९मोटरसाइकल र स्कुटर० फेला पारेर सम्बन्धित धनीलाई सोमबार हस्तान्तरण गरेको छ। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर फेला पारेर उनका मालिकहरूलाई जिम्मा दिएका छन्।

ट्राफिक प्रहरी कार्यालयले प्राप्‍त निवेदनका आधारमा खोजी गर्दा, केही सवारी साधनको वास्तविक नम्बर प्लेट र केहीको नक्कली नम्बर प्लेट राखिएको अवस्थामा काठमाडौंका विभिन्न स्थानहरू जस्तै पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँ बसपार्क र बौद्धबाट सवारी साधनहरू फेला पारेको हो।

सम्बन्धित २० सवारी साधन सहित, साउन महिनादेखि आजसम्म ३०३ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। यस क्रममा ४८ जना व्यक्तिलाई चोरीका ३३ वटा सवारी साधनसहित कारबाहीका लागि विभिन्न प्रहरी परिसरमा पठाइएको छ।

धनीहरूले आफ्नो सवारी साधन जिम्मा लिएपछि ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गरेका छन् ।