मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले भयो पारित


२८ माघ, काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक भने फागुन ४ गते आइतबार बस्नेगरी स्थगित भएको छ ।