श्री स्वस्थानी व्रत सगै माधवनारायण पुजा गरेर व्रत समापन


३० माघ, काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि व्रत समापन गरिएको हो। 

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिएको छ ।