राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल जाने भएका छन् । उनी उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न आज बिहान बर्न अस्पताल जान लागेका हुन् ।
राष्ट्रपतिको सचिवालयले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति अहिले विहान १० बजे कीर्तिपुर जाने तयारी भएको जानकारी दिएको छ ।
शनिबार पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर धनराज आर्चाय घाइते भएका थिए । उनीहरुको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि शनिबार गृहमन्त्री रमेश लेखक तथा स्थास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर दुबै जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
प्रतिक्रिया