नायक प्रदिप खड्का अभिनित फिल्म ‘एक्टर’को ग्रस कलेक्शन नेपाली बक्स अफिसमा एक करोड पनि पुग्न सकेन ।
माघको १६ गते शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले नेपाली बक्स अफिसमा करिब ९६ लाख ग्रस कलेक्शन गरेको छ ।
बक्स अफिसमा यो कमजोर प्रदर्शन हो । प्रदिप खड्का जस्ता सुपरस्टार रहेको फिल्मको बक्स अफिस यति कमजोर हुँदा उनको करिअरलाई नै धक्का लाग्ने देखिएको छ ।
फिल्ममा राजन भुषालको निर्देशन छ । थमन कुमार भण्डारी र मोती कार्कीले मिलेर बनाएको यो फिल्म हलबाट उतार्ने निर्णय निर्माताले गरिसकेकाले फिल्मको लाइफ टाइम कलेक्शन १ करोड तल नै रहने देखिएको छ ।
फिल्म ‘एक्टर’मा प्रदिपको साथमा आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला जस्ता कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया