काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार नवराज त्रिपाठीले मत माग्न प्रविधिको प्रयोग गरेका छन्। उनले मंगलबार चुनावी प्रचारका क्रममा रोबोट प्रयोग गरेका हुन्।
नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले प्रविधिमार्फत आफ्नो चुनावी अभियानलाई फरक शैलीमा अघि बढाएका हुन्। इन्जिनियरसमेत रहेका उनले मंगलबार बिहान काठमाडौंको प्रदर्शनीमार्ग क्षेत्रमा रोबोट प्रयोग गरी मत मागेका थिए।
त्रिपाठी कांग्रेसको प्राकृतिक स्रोत विभागका सदस्य सचिव तथा निर्वाचन ब्युरोका सदस्यका रूपमा समेत काम गरिसकेका छन्। उनी सामाजिक अभियानमा पनि सक्रिय रहँदै आएका छन्।
सभापति गगन थापा निकट रहेर काम गर्दै आएका त्रिपाठीले महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।






















प्रतिक्रिया