नायक विक्की कौशलको फिल्म ‘छावा’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्मले रिलिजको छैटौं दिनमा २ सय करोड पार गरेको हो । फिल्मले बुधबार ३२.४० करोड कमाई गरेपछि यसको कमाई २ सय पार भएको हो ।
फिल्मले शुक्रबार ३३.१० करोड, शनिबार ३९.३० करोड, आइतबार ४९.०३ करोड, सोमबार २४.१० करोड, मंगलबार २५.७५ करोड, बुधबार ३२.४० करोड कमाई गर्दै २०३.६८ करोडको ग्रस कलेक्शन गरेको हो ।
विक्की कौशलको यो फिल्मले दर्शकको प्रतिक्रिया पनि उच्च पाइरहेको छ । फिल्मले बक्स अफिसमा ३ सय करोड माथिको कमाई गर्ने अपेक्षा गरिएको छ ।
फिल्ममा विक्की कौशलको साथमा रश्मीका मन्दना, अक्षय खन्ना लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया