उर्जामन्त्री दीपक खड्काले आज (बिहीबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनेबारे प्रस्ताव लैजाने भएका छन् ।
यसअघि नै प्रस्ताव लगिएको हल्ला भएपनि मन्त्री खड्काले भोलि बस्ने क्याविनेटमा उक्त प्रस्ताव लैजाने तयारी गरेको उच्च स्रोतको दाबी छ । मन्त्री खड्काले त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको बुझिएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि सल्लाह भएपछि कुलमानलाई भोलिको क्याविनेट बैठकबाट हटाउने मन्त्री खड्काको तयारी छ । कुलमानको कार्यकाल २०८२ सालको साउनमा सकिँदैछ । तर, सरकार र कुलमानबीच सुरुदेखि नै टसल छ । कुलमानलाई हटाएर उनको ठाउँमा पूर्वसचिव अर्जुन कार्कीलाई ल्याउने सरकारको तयारी छ । कार्की प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन ।
प्रतिक्रिया