फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । यो गीतलाई निर्माणपक्षले फिल्मकै सबैभन्दा शक्तिशाली गीतको रुपमा हेरेको छ ।
एसडी योगीको स्वर र संगीतमा समावेश ‘बिहानीको न्यानो’ गीतमा राम अविरल बिष्टको शब्द छ ।
गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकारहरु पल शाह, दीपिका प्रसाँई र नव–नायक समिम खानलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोले पनि फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि फिल्ममा नेम महर्जनको पनि लगानी छ ।
राजु विक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ ।
फिल्मले बुधबार सुखद ओपनिङ गरेको थियो । भोलि र पर्सीको बिदामा पनि फिल्मले सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया