फिल्म ‘अन्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फुटबल प्रेम र सफलताको कथा देखाइएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा प्रेम कुमार श्रेष्ठको लगानी छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा यो फिल्म बनेको हो ।
यो फिल्मले एन्जिलाको संघर्ष र सफलताको कथा भन्छ । फुटबल खेल्नका लागि एन्जिलाले गरेको दुख, मिहिनेत र एउटी आमाले छोरीको लागि गरेको त्यागको कथालाई यो फिल्मले देखाएको प्रष्ट हुन्छ ।
फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा दयाहाङ राई, एन्जिाल तुम्बापे, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको छायांकन एन्जिलाको जन्मथलो आइतबारे, झापा र काठमाडौंमा गरिएको छ ।
सुदिप बरालको छायांकन रहेको यो फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माताको रुपमा छन् ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा एन्जिलाले अब अन्य खेलाडीहरुको जीवनीमा पनि फिल्म बन्ने बाटो खुलेको बताइन् ।
मुन लभ इन्टरटेन्मेन्टको व्यानरमा यो फिल्म निर्माण भएको हो ।
प्रतिक्रिया