प्रधानमन्त्री ओलीमाथि बालेनको प्रहार: मलाई हराउने ताकमा देश नडुबाउनुस्


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ओली सरकारले भोको पेट मारेर आफू हराउन खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले सामाजिक सञ्जालमा पोस्ट गर्दै संघीय सरकार र प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका हुन् । । उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिंडेको मान्छे रहेको बताएका छन् ।

‘प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !’ उनले भनेका छन्,मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला ‘