अध्यादेश जारी गर्ने सरकारको संवैधानिक अधिकार हो, तर यथास्थितिमा पारित हुँदैनः कांग्रेस नेता विश्वकर्मा


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मिन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरेपनि संसद्मा लैजाँदा पार्टीहरुबीचमा असन्तुष्टि आउँदा यथास्थितिमा पारित नहुने अवस्था सिर्जना भएको बताएका हुन् ।

‘अध्याादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो । तर, अहिले संसद्मा लैजाने विषयमा सर्वसहमत हुने अवस्था देखिएको छैन् । यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन्,’– उनले भने ।

अध्यादेश जारी गर्ने सरकारको संवैधानिक अधिकार भएपनि आवश्यकता महशुस फरक ढंगले भएको बताउँदै उनले हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रकृयामा जाने र पारित हुने उनले बताए ।

कांग्रेससहितका दलहरुका प्रश्नको जवाफ नआउँदै संसदमा टेबुल हुने अवस्था नरेहेको बताउँदै तत्काल पास हुने अवस्था नभएको जिकिर गरे । उनले भने ‘ उहाँले अध्ययादेशन पास गराउन बिचार गरेर ल्याउुन पर्दथ्यो । हतारमा ल्याउनु भएको संसदमा आरोप थियो । राष्ट्रिय सभामा संख्या नपुगेका कारणले पास हुने अवस्था रहेन् । कांग्रेस सहितका दलहरुका प्रश्नको जवाफ नआउँदै टेबुल हुने अवस्था आउँदैन र पारित हुँदैन् । ’

पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहेका नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांग्रेस पार्टि चलयामान बन्दै गईरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा बिभाग निर्माण गरि ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भईरहेको जानकारी पनि गराए ।

कांग्रेसको महाधिवेशन सम्बन्धी सञ्चारकर्मीहरुको प्रश्नमा विश्वकर्माले तोकिएको समयमा नै महाधिवेश हुने बताउँदै २०÷२२ महिना पछिको अवस्थासम्म महाधिवेशन हुने र अहिले पार्टिभित्र रहेका गुट तथा पक्षहरु अब नहुने तर्क गरे ।

पार्टिको प्रचार बिभाग संयोजक समेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचन सम्म कायम रहने समेत दाबी गरे । उनले अहिलेको गठबन्धन बलियो जगमा उभिएको बताउँदै ७ बुँदै सहमती अनुसार नै कायम रहने उल्लेख गरे ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको कांग्रेस एमालेको गठबन्दन बनेको स्मरण गरे । उनले २०७९ सालको निर्वाचनको समयमा बनेको गठबन्धन अनुसार नै सरकार बनाउन कांग्रेस तयार रहेको अवस्थामा प्रचण्ड कांग्रेस छाड्दै एमाले र एमाले छाड्दै कांग्रेस गर्दा दुई शक्ति मिल्नुपरेको तर्क समेत गरे ।

उनले फरक प्रसंगमा हरेक परिस्थितिलाई नेपालीले राजनीतिसंग जोडेर गालि गर्ने परम्परा रहेको बताउँदै विकसित देशमा राजनीति शान्त हुने भएपनि नेपालमा हरेक १० वर्षमा व्यवस्था परिवर्तन सम्मकोलागि भन्दै आन्दोलन हुँदा हरेक व्यक्ति राजनीतिमा होमिएको तर्क गरे ।

यता पूर्वराजा ज्ञानेन्द्र शाहको अधिव्यक्तिलाई संविधानको पूर्ण कार्यान्वयनको रुपमा हेरेको समेत तर्क गरे । उनले लोकतन्त्रको वाक स्वतन्त्रतालाई पूर्वराजाले उच्चतम प्रयोग गरेको बताउँदै उनको राजसंस्था फर्काउने अभिव्यक्तिलाई राजनीतिक दलले प्राथमिकता नदिएको समेत बताए ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडि तथा बैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको तर्क गरे । उनले आफु अमेरिकाको राष्ट्रपति भएको विश्व समुदायलाइ जानकारी गराउनको लागि यी स्टन्टहरु गरेको बताउँदै केही समयमा नै यी सवै समस्या समाधान हुने तर्क गरे ।