काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएकी छन् ।
सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कोरोना महामारी, मुलुकको आर्थिक विकास र समग्र राजनीतिक अवस्थामा ओलीले खेलेको भूमिकाको प्रसंसा गर्दै राजनेताको संज्ञा दिएकी हुन् ।
भण्डारीले भनिन् ‘मुलुकको आर्थिक समृद्धिका लागि उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु । उहाँको प्रभावकारी कार्यक्षमता र कार्यकुशलताको मुलुकले भरपूर उपयोग गर्नुपर्दछ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति सिर्जजनशील क्षमताका धनि प्रधानमन्त्री केपी शर्मा ओली एक अब्बल नेता र लोकप्रिय राजनेता हुनुहुन्छ । उहाँले आफ्नो आश्था निष्ठा को प्रतिमुर्तीको रुपमा अड्याउन सफल हुनुभएको छ’ ।
उनले आफूलाई आस्था अडान र निष्ठाको प्रतिमूर्तिको रुपमा उभ्याउन सफल रहेको सुनाइन् । उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् ।
प्रतिक्रिया