काठमाडौँ- आज बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। मंगलबारको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले बढेर, आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँ थियो।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको मूल्य एक हजार नौ सय ४० रुपैयाँको तुलनामा १० रुपैयाँले वृद्धि भएको हो।
प्रतिक्रिया