नेकपा माओवादी केन्द्रका सांसद पौडेलले अमेरिकाबाट नेपालीहरूको फिर्तीलाई मानवअधिकार विपरीत बताए


नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट नेपाली नागरिकलाई अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता गर्नु मानवअधिकारको उल्लङ्घन भएको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद पौडेलले भने, “अमेरिकाबाट भर्खरै १० जना र केही समय अगाडि २५ गरी ३५ जना नेपालीहरूले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनुपरेको छ। यो मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत हो .

सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको समस्याबारे गहिरो ध्यान दिन र उनीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न सरकारसँग आग्रह गरे।