काठमाडौँ बाजुराको स्वामिकार्तिक खपार गाउँपालिका २ का पुसे भण्डारीको भिरबाट लडेर मृत्यु भएको छ। कर्णाली नदीमा माछा मार्न गएका भण्डारी घर फर्कने क्रममा भिरबाट लडेर घाइते भएका थिए। उनको समयमा नै उद्धार हुन नसक्दा घटनास्थलमा नै मृत्यु भएको हो।
स्थानीय पत्रकार प्रकाश सिंहका अनुसार, भण्डारीको उद्धारका लागि ८ जना स्थानीय गएका थिए, तर उनीहरू पनि सोही भिरमा अड्किएका छन्। स्वामिकार्तिक खपार गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष विष्णु बुढाले बताए अनुसार, उद्धार प्रयास गर्दा १ महिला, ३ बालबालिका र ४ जना युवाहरू पनि भिरमा अड्किएका छन्।
उनीहरूले दिउँसो ४ बजेदेखि भिरमा अड्किएका छन्, र अहिले उनीहरूको उद्धारका लागि प्रयास जारी छ।
प्रतिक्रिया