मुम्बईको नागपाडा क्षेत्रमा निसास्सिएर चार मजदुरको मृत्यु


काठमाडौँ – भारतको मुम्बई स्थित नागपाडा क्षेत्रमा निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा चार मजदुरको निसास्सिएर मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, आइतबार दिउँसो १२; ३० बजेतिर यो घटना भएको हो। घटनामा घाइते भएका ५ जना मजदुरमध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो, जबकि एक जना मजदुरको उपचार भइरहेको छ।

यस दुर्घटनामा कारण भने स्पष्ट भइसकेको छैन।