शंकरदेव क्याम्पसमा स्ववियू निर्वाचन स्थगित


काठमाडौँ शंकरदेव क्याम्पसमा चैत ५ गते तय गरिएको स्ववियू निर्वाचन स्थगित भएको छ। निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थितिका कारण आजदेखि बाँकी प्रक्रिया स्थगित गरिएको जानकारी दिएका छन्।

तर, संयोजक सुवेदीले असामान्य परिस्थितिका बारेमा स्पष्ट जानकारी भने दिएका छैनन्। अर्को सूचना जारी नभएसम्म निर्वाचनको सबै प्रक्रिया रोकिएको उल्लेख गरिएको छ।