काठमाडौंको शंखमूलमा ‘मायाज ब्युटी पार्लर’ एस्थेटिक सेन्टरको चौथो ब्रान्चको औपचारिक उद्घाटन सम्पन्


काठमाडौं, साउन १० — काठमाडौंको शंखमूलमा रहेको मायाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र मायाज एस्थेटिक सेन्टर एन्ड एकेडेमीको औपचारिक उद्घाटन सम्पन्न भएको छ।

केहि समय अघिदेखि नै सेवा सञ्चालनमा रहेको यो पार्लरको औपचारिक उद्घाटन आज लोकप्रिय गायिका अन्जु पन्त, अभिनेत्री निता ढुङ्गाना, मोडल मिस पवि र साथमा अन्य धेरै कलाकारहरूको उपस्थितिमा सम्पन्न भएको हो।

सञ्चालिका गीता गिरीका अनुसार हालसम्म काठमाडौं र भक्तपुरमा चार शाखा खोलिसकिएको र छिट्टै भक्तपुरको राधेराधेमा नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। भविष्यमा नेपालका विभिन्न स्थानमा पनि शाखा विस्तार गरिने योजना रहेको बताएकि छिन ।