एउटा फिल्मले एउटा कलाकारको जिन्दगीलाई कसरी फरक पार्दछ भन्ने कुरा ‘लाज शरणम्’लाई हेर्दा पुग्छ ।
यो फिल्मले कलाकार महेश त्रिपाठीको करिअर नै बदलिदिएको छ । आजका दिनमा उनको हातमा साढे २ दर्जन फिल्मको अफर छ । उनको सिरानीमुनी ३० वटा फिल्मको स्क्रिप्ट छ । उनी, सबै फिल्मको स्क्रिप्ट पढेर कुनमा काम गर्ने वा नगर्ने निर्णय गरिसकेका छन् ।
गतबर्ष रिलिजमा आएको फिल्म ‘लाज शरणम्’ले उनको करिअरलाई नै बदलिदिएको छ । यो फिल्मले बक्स अफिसमा ठिकठाकको व्यापार गर्यो । फिल्मको समीक्षा सुखद आएन । तर, महेशको अभिनयले भने सर्वत्र तारिफ पायो । विशेषगरि, कर्णालीको दृश्यमा महेशले देखाएको अभिनयको उच्च तहलाई सबैले तारिफ गरे ।
उनले, ३० वटा फिल्मको स्क्रिप्ट पढेपनि आधा दर्जन फिल्ममा मात्र काम गर्नेछन् । जसमध्ये, फिल्म ‘ककाकिकी’को पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा भइसकेको छ ।
अन्य ५ वटा फिल्मको घोषणा पनि केही समयमा हुने महेश बताउँछन् । महेशले फिल्म ‘परान’को छायांकन पनि सकिसकेका छन्, जुन कात्तिकमा रिलिजमा आउँदैछ ।














प्रतिक्रिया