काठमाडौं l नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई “निर्लज्ज व्यक्तिहरुको झुण्ड” को संज्ञा दिएका छन्।
शनिबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारित ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले भने,
“रास्वपाले सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भनेर चलाएको हस्ताक्षर अभियानको कुनै औचित्य छैन।”
उनले रास्वपाले सहकारी प्रकरणमा रवि लामिछानेलाई बचाउन पर्दा हाल्ने कोशिस गरिरहेको आरोप समेत लगाए। साथै, उनले लामिछानेलाई सुझाव दिँदै भने,
“अहिले बाँदर नचाउने काम नगर्नुहोस्।”














प्रतिक्रिया