राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेश पूर्ण बैठक बर्दिबासमा सुरु


महोत्तरी l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश पूर्ण बैठक आज महोत्तरीको बर्दिबासमा बसिरहेको छ। बैठकमा संगठन सुदृढीकरणदेखि पदपूर्ति र आगामी अभियानसम्बन्धी महत्वपूर्ण एजेन्डामा छलफल भइरहेको छ।

बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा, साथै वारा र सप्तरी जिल्ला समिति वारे आएका गुनासाहरू सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

मधेस प्रदेशका सभापति इन्जिनियर तपेश्वर यादव को सभापतित्वमा बसेको यस बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल, मधेस प्रदेश इन्चार्ज र पार्टी प्रवक्ता सांसद मनिष झा, सांसद प्रो. डा. चन्दा कार्की, केन्द्रीय सदस्य डा. नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायत नेताहरूको उपस्थिति रहेको छ।

बैठकमा मधेस प्रदेशमा संगठन विस्तार, स्थानीय तहमा जनसंपर्क बलियो बनाउने र आगामी गतिविधिहरूलाई प्रभावकारी बनाउन रणनीति तय हुने अपेक्षा गरिएको छ।