प्रधानमन्त्री ओली र किर्गिज समकक्षीबीच द्विपक्षीय भेट


तुर्कमेनिस्तान l प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच मंगलबार तुर्कमेनिस्तानमा भेटवार्ता भएको छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको आपसी सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल गरिएको थियो।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत अधिकारीहरू सहभागी थिए।