विराटनगर किङ्सले साहिल पटेललाई ५ लाखमा अनुबन्ध


काठमाडौं l नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेयर अक्सनमा विराटनगर किङ्सले क्रिकेटर साहिल पटेललाई पाँच लाख रुपैयाँमा अनुबन्ध गरेको छ।

टिम व्यवस्थापनका अनुसार साहिल पटेलको समावेशले विराटनगर किङ्सको टिम संयोजनमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ। युवा र प्रतिभाशाली खेलाडीका रूपमा पटेलले अघिल्ला टुर्नामेन्टहरूमा उत्कृष्ट प्रदर्शन देखाइसकेका छन्।