काठमाडौँ — नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक बनेको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) र नासा सेक्युरिटिजबीच तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो।
सम्झौता अनुसार नासा सेक्युरिटिजले क्यानलाई वार्षिक २ करोड ३६ लाख रुपैयाँ उपलब्ध गराउनेछ। जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेलले संयुक्त रूपमा जर्सी अनावरण गरे।














प्रतिक्रिया