काठमाडौं । जारी टप एण्ड टी२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। अष्ट्रेलियाको पामर्स्टनस्थित काजालिस मैदानमा भएको खेलमा नेपालले होर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो। नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको हर्बट हुरिकेन्सले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन बनायो। हर्बटलाई सस्तैमा समेट्न नन्दन यादवले सर्वाधिक पाँच विकेट लिए। हुरिकेन्सका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए।
हुरिकेन्सको पहिलो विकेट रोहित पौडेलले लिए। उनले पहिलो ओभरको दोस्रो बलमा ओपनर निभाथन राधाकृष्णनन्लाई बोल्ड आउट पारे। दोस्रो विकेटका रूपमा विलियम प्रेस्टविजलाई नन्दन यादवले रिजन ढकालको हातमा क्याच गराए। हुरिकेन्सको तेस्रो विकेटको रुपमा म्याकालिस्टर राइटको विकेट गयो ।
उनी सन्दीप लामिछानेको बलमा एलबीडब्ल्यू भए। पावरप्लेमा तीन विकेट गुमाएको हुरिकेन्स त्यसपछि भने सम्हालिन कोसिस गरेको थियो। ११.३ ओभरमा चाल्स वाकिम २१ बलमा २८ रन बनाउँदै कुशल भुर्तेलको बलमा आसिफ शेखको हातमा क्याच भए। त्यसपछि ब्राडले होप १३.२ ओभरमा ३१ रन बनाउँदै नन्दन यादवको बलमा कुशल भुर्तेलको हातमा क्याच भए। थोमस टेवर १३.३ मा नन्दनको हातबाट बोल्ड भए। १५.४ मा हुरिकेन्सको आठौं विकेट गयो। उनलाई नन्दन यादवले पाँच रनमा आसिफ शेखको हातमा क्याच गराए।
गार्बेल बेल १६ औं ओभरको अन्तिम बलमा नन्दनको बलिङमा रोहित पौडेलको हातमा क्याच भए। हुरिकेन्सले अन्तिम विकेट भने रन आउटको रुपमा गुमायो। जयाक कर्टन्स २१ रनमा अविजित रहे। नेपालका लागि नन्दन यादवले सर्वाधिक पाँच विकेट, रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, रिजन ढकालले १–१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका थिए। नेपालले सिरिजको पाँचौं खेल मेलर्वन रेन्गाड्ससँग र अन्तिम खेल पाकिस्तान साहिनसँग खेल्नेछ।














प्रतिक्रिया