प्रधानमन्त्री ओली ‘सैन्य परेड’ बीचतिर, किमभन्दा पनि पछाडि


बेइजिङ – प्रधानमन्त्री केपी ओली चीनको राजधानी बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख/सरकार प्रमुखलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए ।

प्रधानमन्त्री ओली सैन्य परेडमा सहभागी भएका चीनका राष्ट्रपति सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका शासक किम जोन उनलगायत अन्य देशका नेताको लाइनभन्दा पछाडि बीचमा थिए । कम्युनिस्ट प्रधानमन्त्री भएकाले पनि ओलीलाई चीनले बोलाएको हो । नेपालका प्रधानमन्त्रीको वरीयता उत्तर कोरियाली शासक उनभन्दा धेरै पछाडि देखिएको छ ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा ओली चीन भ्रमणमा छन् । चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै छन् ।