दुई दिनअघिको सरकारको निर्णय प्रधानमन्त्री कार्यालयमै लागू भएन


काठमाडौं – सरकारले असोज १ गते शोक बिदा घोषणा गर्दै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै जनही १५ लाख रुपैयाँ र घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । साथै, मृत्यु भएकालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारको थियो । जसअनुसार मंगलबार १० जनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

बुधबार बिहान १० बजेसम्म पनि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्ययलमा शोकमा राष्ट्रिय झन्डा झुकाइएन । जलेर खण्डहर भएको मन्त्रालयहरुको शोकमा झण्डा झुक्दा शोक दिवसको दिन १० बजेसम्म पनि नझुकाइनुलाई चरम लापरवाही मानिएको छ ।

प्रधानमन्त्री कार्यालयमा उपस्थित सुरक्षाकर्मीका अनुसार कर्मचारीहरु कोही नआएको र जाने ढोका बन्द भएकोले झुकाउन नसकिएको हो । जलाइदिएका मन्त्रालयबाहेक अरु मन्त्रालयमा भने झुकाएको छ।